इटहरी : इटहरीमा बिहीबार विहान मृत भेटिएका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार हिजो (बिहीबार) विहान इटहरी ६ स्थित ट्याङग्रा खोला पूर्व खाली जमीनमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय युवकको हत्यामा संलग्न एकजनालाई पक्राउ गरिएको हो ।
हेर्दा मंगोलियन जस्तो देखिने मृतक व्यक्तिको पहिचान हुन नसकेपनि दाहिने हातको नाडीमा दुःखी राई लेखिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी ६ बस्ने २४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
खोज तलास गर्ने क्रममा उनलाई इटहरी ६ स्थित धरान होटल ऐण्ड सेकुवा कर्नरको छेउमा बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीको टेङ्ग्रा खोला नजिकै नग्न अवस्थामा शव फेला, कुटपिटबाट मृत्यु भएको हुनसक्ने आशंका














Discussion about this post