झापा : झापाको मेचीनगर नगरपालिका ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गत वैशाख २८ गते उपचारार्थ बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना भएका वडाध्यक्ष मेचेको आज मध्यान्न १२ः०० बजे उपचारका क्रममा निधन भएको हो ।
वडाध्यक्ष मेचेको उपचारमा संलग्न डा. शरद भट्टराईले मेचेलाई आईसीयू, एचडीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउन नसकिएको जानकारी दिए ।














Discussion about this post