इटहरी :सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा बालविवाह भइरहेको सूचनाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बेहुलीका बुबा सोही ठाउँका रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका ४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका ८ का सुरेन्द्र मेहता रहेका छन् ।
रामनारायणले जेट २२ गते आफ्नी १७ वर्षीया छोरीलाई २४ वर्षीय भरत मण्डलसँग बिहे गराउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई मुलुकी अपराध संहित २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने कानूनी प्रावधान रहेको छ ।














Discussion about this post