मोरङ : मोरङको रंगेली नगरपालिका ६ मलङ्गथानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
रुख नजिकै सितल छहारीमा गफ गरेर बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका हुन् ।
आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भीर घाइते भएका सोही स्थानका २० वर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीया संगीता राय, र २७ वर्षीय रविन मण्डल घाइते भएका छन् ।
घाइतेहरुको रङ्गेली अस्पतालमा उपचार भइरहेको प्रहरीले छ ।














Discussion about this post