उदयपुर : उदयपुर ताप्ली २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार भैँसी चराउन गएका परियारको सोही स्थानमा रहेको बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाको जानकारी पाउँनसाथ इलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गइ थप अनुसन्धान भईइहेको छ ।














Discussion about this post