इटहरी : सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा इटहरी १७ का मनोज खत्रीको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लागेर
घाइते भएका खत्रीलाई उपचारको लागि विराट टिचिङ हस्पिटल विराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो ।
त्यस्तै, बराहक्षेत्र नगरपालिका २ का २९ वर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै हात्ती रोक्नका लागि लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post