इटहरी : लकडाउनका कारण पूर्वका विभिन्न अस्पतालमा रगत अभाव छ । धरानको वीपी प्रतिष्ठानमा मात्रै दिनमा दर्जनौँ बिरामीलाई रगत अभाव भएको बताईएको छ । यसैबीच रगत भएको भन्दै इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा र इटहरी जेसीजको संयुक्त आयोजनामा आइतवार इटहरी उपमहानगरपालिका परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा इटहरीका सभापति विमल पौडेलले बताए । कोरोना संक्रमणको महामारी फैलिरहेको संकटपूर्ण अवस्थामा रेडक्रसको आह्रवानमा स्वास्थ्यका हिसाबले सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको ब्लड बैंकले प्राविधिक सहयोग गरेको पौडेलले बताए ।
तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु
इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको चारकोसे जंगलमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ३ः३५...
Discussion about this post