इटहरी : करेन्ट लागेर इटहरीमा एकको मृत्यु भएको छ । इटहरीको एक ग्यारेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ लबिपूरस्थित अंकित बडि ग्यारेजमा कार्यरत ४० वर्षीय रामकुमार लिम्बूको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भएका लिम्बू सो ग्यारेजमा कार्यरत थिए । आइतबार बेलुका गाडीको बडी बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा इटहरीको एपेक्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post