इटहरी : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएका छन् ।
मुख्यमन्त्रीबाट राईले राजीनामा दिएसँगै भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ । मुख्यमन्त्रीले आजै बिहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गर्ने र मुख्मयन्त्री बनाउने एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
एमालेबाट अलग्गिएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएलगत्तै प्रदेश १ मा एमाले सरकार जोगाउन यो कसरत थालिएको हो ।














Discussion about this post