इटहरी : प्रदेश १ मा मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। उनले आज (बिहीबार) प्रदेश प्रमुख सोमनाथ प्यासीलाई भेटेर राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री राईले राजीनामा दिएसँगै प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।
बिहीबार बिहान विराटनगरको होटल एसियाटिकमा बसेको एमाले संसदीय दलको बैठकबाट आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।
शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये एमालेका ५१ सदस्य छन् ।














Discussion about this post