इटहरी : प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् ।
राईले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आचार्यलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
संविधानको धारा १६८ (१) बमोजिम शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको सरकार गठन गरिएको हो ।
विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर आचार्यलाई संसदीय दलको नेता चयन गरिएको थियो ।
लामो समयदेखि एमालेको माधव नेपालको गुटमा रहेका आचार्यले आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै आफू मुल पार्टीमै रहेको बताउँदै आएका थिए ।














Discussion about this post