तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. १९ को सभापतिमा दुर्गाप्रसाद पौडेल विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा उनले डिल्ली पुरीलाई पराजित गर्दै विजयी भएका हुन् ।
पौडेलको ११२ मत प्राप्त हुँदा पुरीले ४९ मत प्राप्त गरे । त्यस्तै, उपसभापतिमा जीतबहादुर खड्का र समशेरबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा शुशीला गिरी र रामबहादुर बस्नेत विजयी भएका छन् । गिरीको ११२ मत प्राप्त भएको छ भने रामबहादुर बस्नेतको ९० मत प्राप्त भयो । यस्तै, सचिवका प्रत्यासी थरेन्द्र अधिकारीले ५१ मत प्राप्त गरे । यस्तै, सहसचिवमा भीमप्रसाद पौडेल र जीवन खत्री निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्ष भने कार्यसमितिले मनोनीत गर्नेछ । वडाका लागि सभापति र सचिव पदको निर्वाचन भएको थियो । यस्तै, इटहरी १९ बाट जम्मा १६ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।














Discussion about this post