पाँचथर ः पाँचथरको हिलिहाङ गाउँपालिका ७ सल्लेरीकी ४ वर्षीया बालिका बेपत्ता भएको नौ दिनपछि मृत फेला परेकी छन् ।
भदौ २१ गते हेवा खोलामा साथीहरुसँगै नुहाउन गएकी गजेन्द्र योङयाको छोरी त्यही क्रममा बेपत्ता भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार उनको शव हराएको स्थानदेखि एक किलोमिटर तल ढुंगामा अड्केको अवस्थामा फेला परेको हो ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post