इटहरी (डेस्क) : उदयपुरको भुल्केमा भेटिएका कोरोना संक्रमित भारतीय नागरिक ३४ दिनअघि उदयपुर प्रवेश गरेको खुलेको छ।
उनीहरु जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए। जोगबनी नाका हुँदै मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिदमा बसेर उदयपुर प्रवेश गरेको स्थानीय प्रशासनले जनाएको छ। भुल्के आउनु अगाडि उनीहरु उदयपुरकै चौदण्डी नगरपालिकामा रहेको मस्जिदमा बसेका थिए।
त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीका अनुसार लकडाउन हुनेवित्तिकै मस्जिदहरुमा सर्च गर्दा भारतीय नागरिक फेला परेपछि कोरोना परीक्षण गरिदिन जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई अनुरोध गरिएको भएपनि परीक्षण नै गरिएको थिएन ।
विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन
इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...















Discussion about this post