इटहरी : इटहरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । इटहरीका छुट्टा–छुट्टै दुई स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १० ओसियनपार्कका ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भइ हाल इटहरी १७ स्थित दिदीको घरमा बस्दै आएका १४ वर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।
शनिबार दिउँसो घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागेर घाइते भएका तामाङको उपचारको विराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, तिमल्सिनाको घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post