इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को सभापतिमा लीलामणी सुवेदी विजयी भएका छन् । सभापतिका प्रत्याशी मणिराम श्रेष्ठले ३६२ मत प्राप्त गर्दा सुवेदीले ४८८ मत प्राप्त गरेका थिए ।
मंगलबार जिल्ला पार्टी कार्यालय इनरुवामा भएको निर्वाचनको मतपरिणाम बुधबार राति मात्रै आएको हो ।
यस्तै, सचिवमा मनोज कुमार चौधरी र कृष्णदेव मेहता निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा खेमराज पोखरेल (नवीन) र शत्रुधन शाह निर्वाचित भएका छन् ।
पार्टीको आन्तरिक चुनाव भएका कारण कसैको जीत वा हार नभई पार्टी एकीकरणका निम्ति आफू पहल गर्ने सभापतिका प्रत्याशी श्रेष्ठले बताए ।














Discussion about this post