मोरङ : मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थित करेन्ट लागेर एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरियाका २१ वर्षीय निरन्जन कुमार सिंह रहेका छन् ।
आज (सोमबार) बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर घाइते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post