इटहरी : प्रेस चौतारी नेपाल सुनसरीको नवौँ अधिवेशन पौष २६ गते हुने भएको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत बनाइएको चौतारी सुनसरी अध्यक्ष शेखर ढकालले बताए ।
अधिवेशन आयोजना गर्न चौतारीले ३ ओटा उपसमिति बनाएको छ ।
जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन विस्तार उपसमिति र विकास चाम्लिङको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ ।
अधिवेशनकै अवसरमा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष किशोरकुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गर्ने जनाइएको छ । कोरोनाको कारण अघिल्लो वर्षदेखि रोकिएको सो पुरस्कार एकै पटक वितरण गरिनेछ ।
चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको संयोजकत्वमा सदस्यमा देवेन्द्र कार्की, रोहित राई, शुकदेव चौधरीको पुरस्कार छनोट समितिमा समेत चौतारीको बैठकले निर्णय गरेको छ ।












Discussion about this post