विराटनगर : विराटनगर स्थित नोबेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ।
आइतबार आन्दोलनरत विद्यार्थीलाई नोबेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।
झडपका क्रममा अस्पतालको मुख्य प्रवेशद्वारको ढोकाको सिसा फुटेको छ। झडपमा परी केही विद्यार्थी र केही सुरक्षा गार्डलाई चोटपटक लागेको छ।
विद्यार्थीहरूले कलेजमा अनसन बस्न आएपछि औषधी व्यवसायी र कलेजका कर्मचारीले गरिखान देऊँ भन्दै विद्यार्थीविरुद्ध नारावाजी गरेका थिए।
यो पनि – नोबेल मेडिकल कलेज : विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीहरूको प्रदर्शन














Discussion about this post