इटहरी : प्रदेश नं. १ ले माघ २० गतेभित्र प्रदेशको नाम टुंगो लगाउने भएको छ ।
आज (मंगलबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नाम प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका हुन् । माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउने उनको दाबी छ ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नामकरण गर्ने बताए ।
‘प्रदेश १ को नाम संसदले टुङ्गो लगाउने विषय हो । हामी सरकारमा आएपछि संसद बसेको छैन,’ उनले भने, ‘माघ २० गतेभित्र हिउँदे अधिवेशन आरम्भ गरेर यो प्रदेशको नामको प्रस्ताव अघि बढाउछौँ ।’














Discussion about this post