मोरङ : मोरङको रतुवामाई नगरपालिका ९ डिपोमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बक्राहा खोलामा निर्माणाधीन झोलुङ्गे पुलमा कार्यरत कामदार पूर्वरुकुमको घुमे गाउँपालिका ७ का २५ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको हो ।
पानी तान्ने मोटर जडान गरेको कल चलाउने क्रममा विद्युत् सर्ट भएर श्रेष्ठलाई बिहीबार (आज) साँझ ६ बजेतिर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको अरनिको अस्पतालमा ६ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post