मोरङ : मोरङको रङ्गेलीमा छिमेकीको घरमा कल मर्मत गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको रङ्गेली नगरपालिका ८ का ५५ वर्षीय मङ्गलु ताजपुरियाको मृत्यु करेन्ट लागेर भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय अर्जुन दाहालको घरमा कल मर्मत गर्ने क्रममा ताजपुरियालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रङ्गेली अस्पतालमा मंगलबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post