धरान : सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेका छन् ।
स्थानीय पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागेर छतबाट भुइँमा लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post