Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

राज्यव्यवस्था विरुद्वको नाटक ‘बन्द बाक्सा’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०७९
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
राज्यव्यवस्था विरुद्वको नाटक ‘बन्द बाक्सा’
146
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अध्याँरो कोठाभित्र अचानक झ्याली, झ्याम्टा र ढोल बज्न सुरु हुन्छ । एक हुल मानिसहरू साकेला नाच्न थाल्छन् । केहीबेर नाचेपछि थकान मेट्न बसेको एकैछिनपछि सबैजना आ–आफ्नो बाटो लाग्छन् । साकेला नाच्न आएका पारुहाङ र सुम्निमा भने प्रेमको प्यासमा डुब्छन् ।

माथि उल्लेखित दृश्य धरान १० स्थित सैनिक भवनमा देखाइएको नाटक ‘बन्द बाक्सा’ भित्रको हो । इटहरीका मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको उक्त नाटक चैत २७ गतेदेखि मञ्चन हुँदै आएको छ ।

घरीघरी नाटकको ‘सिन’ले दर्शकको मनमा प्रेम थपिदिन्छ, घरीघरी उर्जा दिन्छ भने घरीघरी विक्षिप्त बनाइदिन्छ ।

देशमा रोजगारीको सृजना नभएको अवस्थामा चरम गरिबी र ऋण तिर्नकै लागि ऋण खोजेर साथीहरूको संगतले विदेशिएका युवकको शव बाकसमा आएको अवस्थालाई नाटकमार्फत जीवन्त अभिनय गरिएको छ ।

‘आमाको चाउरिदैँ गएको गालामा खुशी थपिदिन देश छाडेर गएको युवक बाकसमा फर्किनुपर्ने बाध्यता अहिले पनि छ,’ चाम्लिङ भन्छन्, ‘राज्यव्यवस्थाले युवाका लागि रोजगारी सृजना गर्न नसकेका कारण आम युवा जमात पासपोर्ट बोकेर बाहिरिनुपर्ने बाध्यतालाई नाटकमार्फत देखाइएको हो ।’

घरको उही, उस्तै दैनिकीका कारण भएको ऋण तिर्न नसकेर विदेश जानुपर्ने बाध्यता विद्यमान रहेकाले विदेश गएको केही समयमै ‘बन्द बाक्सा’मा शव ल्याउनुपर्ने अवस्थालाई नाटकमार्फत चित्रण गरिएको चाम्लिङले बताए ।

विदेश जानुअघि पारुहाङलाई आफ्नी आमाले यसअघि नै बा हराएको स्मरण गर्दै विदेश नजान भन्छिन् । तर, घरको ऋण सम्झेर असह्य भएपछि भर्खरै विवाह गरेकी श्रीमती र बूढी भएकी आमालाई छाडेर विदेश गएको केही महिनामै उनको शव बाकसमा आउँदा गाउँलेहरू विक्षिप्त बन्छन् ।

रङ्गभूमि एकेडेमी धरानले प्रस्तुत गरेको नाटकमा पारुहाङ (हरि इवाहाङ लिम्बू) र सुम्निमा (सम्झना राई) मुख्य पात्र छन् ।

करीब १ घण्टा २० मिनेटको नाटकमा ११ वटा ‘सिन’ रहेको छ । यस्तै, नाटकको कलाकारहरूमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, विशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राई रहेका छन् ।

रङ्गभूमि एकेडेमीका अध्यक्ष बिष्णु मोक्तानका अनुसार नाटक बैशाख ३ गतेसम्म मञ्चन हुनेछ । ‘बन्द बाक्सा नाटक राज्यको व्यवस्थाले निर्धारण गरेको नीतिले जबरजस्ती लादिएको यथार्थ कथा हो,’ उनले भने, ‘यो नाटक एउटा परिवारको, समाजको, जनताको कथा हो, वास्तवमा जनतालाई राज्यले भोट बैँकको रूपमा मात्र प्रयोग ग¥यो ।’

उनका अनुसार राज्यको उदासिनताका कारण आम युवा भोट बैँकको रूपमा मात्रै प्रयोग भइरहेकाले पनि नाटकमार्फत सन्देश दिन खोजिएको छ । उनका अनुसार हालपनि नेपालबाट दैनिक एक हजार छ सय जना युवा वैदेशिक रोजगारीमा बाहिरी मुलुक गइरहेका छन् ।

‘आम मानिस खुशी खोज्नका लागि विदेशिरहेका छन्, सबै मानिसको सपनाले आकार पाउँछ भन्ने नै छैन,’ मोक्तानले भने, ‘यो तीनै आकार नपाएका मानिसहरूको कथा हो ।’

 

Tags: कलाटाकुरा विशेषनाटकमिलन चाम्लिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने
समाचार

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दन्त उपचार तथा रोग निदानलाई थप प्रभावकारी बनाउन अत्याधुनिक त्रिआयामिक (थ्रीडी) दन्त...

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद
FEATURE BREAKING

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.