इटहरी : नेकपा एमाले रामधुनीमा झडप भएको छ । यही बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै रामधुनी एमालेमा झडप भएको हो ।
इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर वीरेन्द्र थापाका अनुसार एमाले पार्टी कार्यालय रामधुनीको कार्यालय लगुना चौक अगाडि आज (शुक्रबार) साँझ झडप भएको हो ।
स्थानीय उमेश कार्कीले खुकुरी देखाएर धम्की दिएको तथा सोही विषयलाई लिएर एमालेका कार्यकर्ताबीच झडप भएको उनले बताए ।
“उमेश कार्की भन्नेले खुकुरी देखाएर धाकधम्की दिंदा झडप भएछ,” थापाले भने, “कुनै अप्रिय घटना हुन पाएन, फरार रहेका कार्कीको खोजी भइरहेको छ ।”
आन्तरिक पार्टीको झगडा भएकाले के कारणले झडप भयो भन्ने नखुलेकाले आफूहरूले अनुसन्धान सुरु गरिएको थापाले जानकारी दिए ।
फरार रहेका कार्कीको खोजी भइरहेको उनले बताए ।














Discussion about this post