Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा प्रिन्सिपलले दुई वर्षसम्म विद्यार्थी बलात्कार गरेको घटना यसरी बाहिरियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०७९
in समाचार
0
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

सांकेतिक तस्वीर ।

1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा एक प्रिन्सिपलले दुई वर्षसम्म निरन्तर विद्यार्थीमाथि बलात्कार गरेको घटना बाहिरिएको छ ।
सुन्दरी प्रतियोगिताका आयोजकबाट भएको यौन शोषणको घटनाले चर्चा पाइरहँदा इटहरीमा पनि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको हो ।

आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा एक युवतीले आफ्नो ब्यथा पोखेकी छन् । ब्युटि पेजेन्ट आयोजकले सुन्दरी प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार भएको घटना सार्वजनिक भए पछि यो घटना सार्वजनिक भएको हो ।

रुटिन अफ इटहरी बन्द फेसबुक पेजमार्फत पनि घटना सार्वजनिक गरिएको छ ।

जसअनुसार इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२।७३ मा उनीमाथि पटक पटक यौन शोषण गरेको बताइएको छ ।

१५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले बलात्कार गरेको उनको भनाइ छ । प्रिन्सिपलको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

युवतीका अनुसार पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थाले ।

उनले लेखेकी छन्, ‘यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्‍यो ।’

उनले आफूमाथि भएको शोषणका विषयमा सुरुमा साथीहरूलाई सुनाउँदा पनि विश्वास नगरेको बताएकी छन् । स्कुलमै तीन पटक आत्महत्या प्रयास समेत गरेको उनको भनाइ छ ।

एसईई सकेपछि उनले हिम्मत जुटाएर घटनाबारे परिवारलाई बताइन् । र, प्रहरीमा उजुरी पनि गरिन् । तर, लगत्तै आरोपी फरार भएका थिए । अहिलेसम्म प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले घटनाबारे आफूकहाँ पूर्ण रूपमा जानकारी नआएको प्रतिक्रिया दिए ।

पीडितको पूरा बयान यस्तो छ –

७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।

घटना वर्ष २०७२/७३ को आसपासको हो।

म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यति बेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराइरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई ‘यता आऊ यहाँ गर्मी हुँदैन’ भन्दै कोठा तिर जान भन्यो । त्यति बेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्‍यो ।

उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याक मेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्‍यो । यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्‍यो ।

उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चैँ छोरी राम्रो पड्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यही भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थ्यो ।

मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधैँ होस्टेलमै हुन दिनु, मेरो आमा स्कुलबाट ५ मिनेट टाढा बस्नु हुन्थ्यो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन रु तर यो मेरो जीवनको वास्तविक कथा हो ।

मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन् । म बाल्यकालदेखि नै हकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ । मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यति बेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलिन। मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो ।

एसईई सकेपछि परिवारलाई यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो बलात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन् । जब म फलो अप गर्थेँ, प्रहरीले कहिले बलात्कारीलाई खोज्दै छौ भन्छ। ७ वर्ष भइसक्यो तर बलात्कारी कहाँ छ ??? अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडेँ, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।

बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु ।

न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दै छु ।

Tags: #इटहरी#बलात्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1488 shares
    Share 595 Tweet 372
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.