उदयपुर : उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडाकामा चट्याङ्ले लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकी रहेकी छन् ।
घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाइते भएकी बुढाथोकीलाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।














Discussion about this post