मोरङको बेलबारी नगरपालिका–९ का ३० वर्षीय दीलिप चौधरीको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार उनी शनिबार साँझ करेन्ट लगाएर दूधे खोलामा माछा मार्दै थिए ।
त्यस क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
Discussion about this post