धरान : धरानस्थित पिण्डेश्वर मन्दिरमा बोलबम सुरु भएको छ । श्रावण महिनाको पहिलो सोमबार आजदेखि पिण्डेश्वर मन्दिरमा बोलबम सुरु भएको हो ।
प्रदेश १ का विभिन्न जिल्लासहित भारतदेखि समेत भक्तजन आउने भएकाले पिण्डेश्वरमा बोलबमको रौनक सुरु भएको हो ।
दुई वर्ष कोरोनाका कारण बोलबम नलागेको पिण्डेश्वरमा यसपटक भने बिहानैदेखि श्रद्वालुहरूको भीड लागेको छ ।
बालकदेखि युवा तथा वृद्वबृद्वाहरू समेत यस बर्ष कौशिकी नदी चतराबाट जल ल्याएर चढाउने लाइनमा देखिन्थे ।
विशेष महिलाहरूको उपस्थिति रहने गरेको मन्दिरमा महिलाहरू पतिको दीर्घायुको कामनाका लागि र अविवाहित युवतीहरू राम्रो पतिको लागि व्रत बस्ने गरेको सामाजिक विश्लेषक राजेन्द्र शर्माले बताए ।

हिन्दु देवालय विशेष शिवालयहरूमा भक्तजनको भीडले अझै पनि हिन्दु धर्मको बाहुल्यता रहेको सन्देश प्रवाह गरेको उनको भनाई छ ।

तस्वीरहरू : लक्ष्मण थापा ।














Discussion about this post