Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
in समाचार
0
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

इटहरी–२० तरहराका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी खड्का ।

69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबाट छोराको फोन आउला, ‘बुवा, हामी सुरक्षित छौँ’ भन्ने खबर सुन्न पाइएला । तर २९ दिनसम्म न फोन आयो, न छोराबुहारीको कुनै अत्तोपत्तो लाग्यो । अन्ततः शुक्रबार उनले छोराबुहारीको अन्त्येष्टि संस्कार गरे ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका इटहरी–२० तरहराका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी खड्काको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो ।

६५ वर्षीय अम्बरकाजी र ६४ वर्षीया मनकुमारी कैलाश मानसरोवर दर्शनका लागि घरबाट निस्किएका थिए । धार्मिक यात्रामा निस्किएको दम्पतीको यात्रा रसुवामा आएर रोकियो । बाढीपहिरोपछि उनीहरू सम्पर्कविहीन भए । त्यसयता परिवारको दैनिकी उनीहरूको खोजी र खबरको प्रतीक्षामै बित्यो ।

अम्बरकाजीले रसुवा पुगेपछि घरमा फोन गरेका थिए । ९० वर्षीय बुवा चन्द्रबहादुरसँग पनि कुराकानी भएको थियो । सडकमा सवारीसाधनको जाम रहेको र केही समयपछि अगाडि बढ्ने बताएका थिए । तर, त्यो कुराकानी नै परिवारसँगको अन्तिम सम्पर्क बन्यो ।

त्यसपछि परिवारका सदस्यले उनीहरूको मोबाइलमा फोन गरिरहे । हरेकपटक फोन गर्दा कतै घण्टी बजिरहेको होला, कसैले उठाउला र आफूहरूलाई उनीहरूको अवस्थाबारे जानकारी देला भन्ने आशा थियो । तर, दिन बित्दै गए पनि खबर आएन ।

बाढीमा बेपत्ता भएको खबरपछि परिवारले सम्भावित ठाउँमा खोजी गर्‍यो । आफन्त र चिनजानका व्यक्तिमार्फत जानकारी लिने प्रयास गर्‍यो । शव भेटिएमा पहिचान गर्न सहज होस् भनेर डीएनए परीक्षणको प्रक्रियासमेत अघि बढायो । जेठा छोरा सञ्जय खड्काले आवश्यक नमुना दिए ।

तर, २९ दिन बित्दासमेत अम्बरकाजी र मनकुमारीको अवस्था पुष्टि हुन सकेन । शव नभेटिँदा परिवारले उनीहरूको मृत्यु भएको यकिन गर्न सकेको थिएन । जीवितै भेटिने आशा पनि पूर्ण रूपमा त्याग्न सकेको थिएन ।

यही अनिश्चितताले परिवारलाई सबैभन्दा बढी पीडा दिएको थियो । आफन्तको मृत्यु भएको खबर सुन्नु र मृत्यु भएको हो कि होइन भन्ने नै थाहा नपाउनुबीचको पीडा फरक थियो । खड्का परिवार त्यही दोधारमा थियो ।

अम्बरकाजीका वृद्ध बुवा चन्द्रबहादुरका लागि छोराको प्रतीक्षा झन् कठिन बन्यो । उमेरले ९० वर्ष पुगेका उनी छोराबुहारीको खबर पर्खिरहेका थिए । यात्रामा निस्किएका छोरा फर्किएर घर आउने आशा थियो । तर, समय बित्दै जाँदा त्यो आशा अनिश्चिततामा बदलियो ।

परिवारले शव नभेटिए पनि धार्मिक संस्कार गर्नुपर्ने निष्कर्ष निकाल्यो । त्यसपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय गरियो ।

शुक्रबार इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अम्बरकाजी र मनकुमारीको कुशको शव बनाएर अन्त्येष्टि संस्कार गरिएको हो ।

Tags: #तरहराअन्त्येष्टि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन
FEATURE BREAKING

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

इटहरी : श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति...

सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)
विविध

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि...

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

अशोज ९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानका एक पुरुष पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

कोशी प्रदेशमा सिमसार पर्यटन

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.