भोजपुर घर भई हाल इटहरी निवासी रहेका निर्माण व्यवसायी सानु तिवारीले अलपत्र मजदुरहरुलाई राहत वितरण गरेका छन् ।
बाटोमा अलपत्र रहेका मजदुरहरुलाई घर पुग्नका लागि बाटोमा आवश्यक पर्ने खाद्यान्न सामाग्री, मास्क तथा कपडा तिवारी एक्लैले दिएका हुन् ।
दुःख पीडामा परेकाहरूलाई यसअघि पनि सहयोग गरेका तिवारी लकडाउनले अहिले खाना खान मुस्किल परेको विपन्न परिवारलाई खोजी खोजी राहत बढ्ने अभियानमा छन् ।
भोजपुरको तिवारी भन्ज्याङमै पुगेर १ सय ८० विपन्न परिवारलाई खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण गरिसेका छन् ।
तिवारीले भोजपुर घर भई विभिन्न जिल्लामा बस्ने निम्न आय भएका परिवार, विद्यार्थी तथा मजदुर लगायतलाई घर घर पुगेर राहत बाढिरहेका छन् ।
Discussion about this post