इटहरी : इटहरीमा इटालियन ब्रान्ड ‘टारो’ का स्पोर्ट्स मोटरसाइकल र स्कुटरको नयाँ शोरुम सञ्चालनमा आएको छ ।
एमजी ग्रुप अन्तर्गत ओम मोटोकर्पले गत वर्ष नेपाली बजारमा ल्याएका मोटरसाइकल र स्कुटरको इटहरी वडा नं. १६ लविपुरमा शाखाको शोरुम विस्तार गरिएको हो ।
शोरुमको ओम मोटोकर्पका म्यानेजिङ् डाइरेक्टर सुदीप घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का र नेपाल प्रेस यूनियन सुनसरी अध्यक्ष पवन अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित ‘टारो’ ब्राण्डका मोटरसाइकल तथा स्कुटरको माग प्रदेश १ बाट अधिक आएको र ग्राहकको चाहना पूरा गर्न विषेशगरी युवा वर्गलाई लक्षित गरेर मोटरसाइकल र स्कुटरको शोरुम सञ्चालनमा ल्याइएको ओम मोटोकर्प प्रालिका जेनेरल म्यानेजर उज्वल जोशीले जानकारी दिए ।
















Discussion about this post