इटहरी : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट सुनसरी २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम आचार्यले यसअघि जनताको अपेक्षाभन्दा बढी विकास निर्माणका काम गरेको बताएका छन् ।
उनले आँफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत विकास गतिविधि अघि बढाउन सहयोग गरेको बताए ।
‘जनताको अपेक्षाभन्दा बढी विकास निर्माणका काम गरेको छु, मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’
दुई महिना प्रदेशको मुख्यमन्त्री हुँदा पनि नीतिगत र संस्थागत विकासका धेरै कामहरु गरेको भन्दै निर्वाचन क्षेत्र विशेष विकास निर्माणका कामहरु पनि प्रशस्तै गरेको बताएका छन् ।
उनले आँफू कुनै कुराको सस्तो वाचा नगर्ने, तर गरेका वाचाहरू पूरा गर्ने स्वभावको भएको बताउँदै भने, ‘म इन्जिनियरिङ र व्यवस्थापन विषय पढेको मान्छे, व्यवस्थित विकासको लागि स्रोत, साधन र तरिकाहरूबारे जानकारी छ, त्यसैले गरेका प्रतिबद्धताहरू पूरा गर्छु, त्यो विगतको कार्यले पनि देखाउँछ ।’
उनले सुनसरी क्षेत्र नं. २ मा पर्ने विभिन्न पूर्वाधारको विकास निर्माणका काम पनि गरिरहेको बताए । ‘यो निर्वाचन क्षेत्रमा पनि कतै मन्दिर, स्कुल, खानेपानी, सिचाँईका प्रोजेक्टहरू सञ्चालन गरेका छौं,’ उनले भने ।
देवानगञ्ज गाउँपालिकामा आफ्नै पहलमा बजेट राखेर सिँचाइ आयोजना निर्माणाधिन रहेको उनको दाबी छ ।
पर्यटन विकासको लागि पर्यटन समिति, खेलकुदको समिति, पत्रकारको समिति, उद्योग र मजदुरको बीचमा समन्वय गर्ने समिति पनि आँफैले बनाएको उनको दाबी छ














Discussion about this post