इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका भीम आचार्यले अग्रता गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा हालसम्म ४२ हजार ४७४ मतगणना हुँदा एमालेका आचार्यले १२ हजार ५७५ मत प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले पछ्याइरहेका छन् । थापाको ११ हजार ३१५ मत प्राप्त भएको छ ।
यस्तै, नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ ।कांग्रेसका सीताराम मेहताले १० हजार ९६ मत प्राप्त गरेका छन् ।
यस्तै, राप्रपाका दिनेशकुमार बस्नेतले २ हजार ४३१ मत प्राप्त गरेका छन् ।














Discussion about this post