इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् ।
उनले ३२ हजार ८ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गरे ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मत ल्याए । आचार्य यसअघि प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् ।














Discussion about this post