विराटनगर : खोटाङको केपिलासगढी गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागीका पीडित परिवारलाई प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो ।
मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामाग्री पठाएको हो ।
सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए ।
जसअनुसार प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
बक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नष्ट हुँदा ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।














Discussion about this post