सुनसरी : सुनसरी जिल्ला फुटबल रेफ्री संघको दोस्रो अधिवेशनले बलिदान राईको अध्यक्षतामा १८ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
इटहरीमा मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शशी थापा मगर, उपाध्यक्षमा स्माइल रैन र सुविन कार्कीलाई चयन गरेको छ ।
यस्तै, सचिवमा देवराज चौधरी, सहसचिवमा यशराज राई, कोषाध्यक्षमा जनकराज सुनुवार र सह–कोषाध्यक्षमा हस्तालक्ष्मी राई चयन भएका छन् ।
समितिको सदस्यहरूमा मनिष थापा मगर, फारुक अहमद, सुन्दर लिम्बू, सुनिता राई र मनिष अधिकारी निर्बिरोध निर्वाचित भएका हुन् ।
फुटबल रेफ्रीहरूले आफूहरुको एजेण्डालाई फुटबल संघले नै एजेण्डा बनाउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका थिए ।
लाखौँ पुरस्कार राशी भएको गोल्डकपमा रेफ्रीको पारिश्रमिक न्यून राखिने गरेको र त्यो लिन पनि धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।












Discussion about this post