इटहरी : इटहरी उपमहानगरपालिकाले भोली शनिवार राजस्व संकलन गर्ने २० वटै वडा कार्यालयहरु खुला राख्ने भएको छ ।
छुट तथा सहुलियत पुस मसान्त सम्म कायम रहेकाले शनिवार पनि राजस्व संकलन गर्नका लागि सवै वडामा राजश्व संकलन जारी राख्ने इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहेताले एक सूचना जारी गरेर बताएका छन् ।
सहुलियत करहरु पौष मसान्त भित्र एकृकित सम्पती कर, बहाल कर, ब्यबसाय कर तिरेमा १० प्रतिशत छुट हुने र त्यस्तै अधिल्लो बर्ष नतिरेकालाइ जरिवाना छुटको ब्यबस्था गरेको छ ।
पौष महिना भित्र यो बर्षको कर तिरे उपमहानगरले २०७५ साल अगाडिको बहाल कर पुर्ण रुपमा छुट हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत मेहेताले बताए ।














Discussion about this post