पाँचथर : पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् ।
निर्वाचन तालिकाअनुसार शनिबार भएको मनोनयन प्रक्रियामा कुनै पनि पदमा एकभन्दा धेरैको उम्मेदवारी नपरेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी मुना नेपाली, उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अखिल (क्रान्तिकारी)का प्रवेश राई, सहसचिवमा नेकपा एस निकट अनेरास्ववियुका उमेश राई, कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी रोजा जबेगु निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१० सदस्यीय रहने स्ववियुमा पाँचथर क्याम्पसका लागि बाँकी १० जना सदस्यको पनि सहमतिमै मनोनयन दर्ता भएको छ ।
स्ववियु अध्यक्षमा निर्वाचित मुना पाँचथर बहुमुखी क्याम्पस विएड चौथो वर्षमा अध्ययनरत छिन् ।














Discussion about this post