Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीमै पहिलोपटक एसओएस हर्मन माइनर विद्यालयले सुरु गर्‍यो कम्प्युटर इन्जिनियरिङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८०
in विविध, समाचार
0
सुनसरीमै पहिलोपटक एसओएस हर्मन माइनर विद्यालयले सुरु गर्‍यो कम्प्युटर इन्जिनियरिङ
311
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इटहरीस्थित एसओएस हर्मन माइनर विद्यालयले प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ सम्बन्धी कक्षा सुरु गर्ने भएको छ ।

सुनसरीमै पहिलोपटक सुरु भएको कम्प्युटर इन्जिनियरिङसम्बन्धीप्राविधिकशिक्षामाअभिभावकहरू आकर्षित भएका छन् ।

युवा वर्गमा प्रविधि र सञ्चारप्रतिको आकर्षण बढिरहेको र स्थानीय स्तरमा यस सम्बन्धी जनशक्तिको पनि अभाव रहेकाले यस इन्जिनियरिङ सम्बन्धी कक्षा सञ्चालनले दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने दाबी गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा यसै शैक्षिक सत्रदेखि इन्जिनियरिङ धारको पठनपाठन सुनसरी जिल्लामै पहिलोपटक सुरु गरिएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले जानकारी दिए ।

कुल ४८ जनाको सिट रहेको उक्त कक्षामा पच्चीस प्रतिशत लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति समेत पाउने छन् ।

प्रधानाध्यापक तिम्सिनाका अनुसार एसओएस बालग्राम नेपालद्वारा सञ्चालित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी एक परियोजना हो ।

एसओएस बालग्राम नेपाल, पारिवारिक संरक्षणविहीन तथा परिवारको संरक्षणबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकाहरूका लागि विगत ५१ वर्षदेखि कार्यरत बालहितकारी सामाजिक संस्था हो । एसओएस बालग्राम नेपालले राष्ट्रभर १० बालग्रामसहित ४४ वटा परियोजना सञ्चालन गर्दै आएको उनले बताए ।

पछिल्लो समयमा विद्यार्थीहरूको आकर्षणका रूपमा रहेको कम्प्युटर इन्जिनियरिङ सम्बन्धी पठनपाठनका लागि विद्यार्थीहरू इटहरीबाट बाहिरिने व्रmम बढिरहेका बेला विद्यालय तहमै कक्षा ९ देखि १२ सम्मको कार्यक्रम इटहरीमा नै सुरु भएको हो ।

एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले हालसम्म २४ वटा एसईई ब्याच उत्पादन गरिसकेको छ ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने सन्देशलाई आत्मसात् गर्दै विद्यालयले इटहरी उपमहानगरपालिकासँग सहकार्य गरी प्राविधिक धारमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेकोे प्रधानाध्यापक तिम्सिना बताउँछन् ।

बैशाख ५ गते मंगलबारबाट इच्छुक विद्यार्थीले आवेदन दिनसक्ने विद्यालयले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि अब्बल मानिँदै आएको एसओएस हर्मन माइनर विद्यालयले प्राविधिक धारको शिक्षा सुरु गरेसँगै सबैको आकर्षणको केन्द्र बनेको विद्यालयको दाबी छ ।

Tags: एसओएसशान्तिराम तिम्सिनाशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै
खेलकुद

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको...

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.