मोरङ : उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ ।
नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।
नगरका प्रवक्ता भुम सूर्यमगरले नगर कार्यपालिकाको जेठ ४ गते बसेको बैठकले गाईवस्तु ओसारपसारमा रोक लगाएको बताए ।
नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लेखनाथ भट्टराईका अनुसार नगरभित्र ३५ वटा गाईको लम्पी स्किनका कारण मृत्यु भइसकेको छ ।
उनले भने, ‘‘रोग लागेका २१ दिन भित्रमा पशुको मृत्यु भइसक्छ । रोगथामका लागि जेठ ५ गतेदेखि चार जना पशु प्राविधिक परिचालन गरी भ्याक्सिन लगाउन थालेका छौं ।’’














Discussion about this post