उदयपुर : उदयपुरको कटारी नगरपालिका १२ चिलाउनेमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
वर्षातसँगै परेको चट्याङ लागेर मंगलबार दिउँसो स्थानीय नीमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post