झापा : झापाको मेचीनगर नगरपालिका ९ माथिल्लो मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २७ जना अस्पताल भर्ना भएका छन् ।
सोमबार स्थानीय गोविन्द श्रेष्ठकोमा न्वारानको भोज खाएका अधिकांश स्थानीयबासिन्दा बिरामी परेका हुन् ।
श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले पुष्टि गरे ।
बिरामीको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ। भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा स्थानीय बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ।














Discussion about this post