विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज (बिहीबार) विश्वासको मत लिँदै छन्।
नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ। तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन्।
सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
कोसीमा सत्तारुढ दल एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। कार्कीले विश्वासको मत पाउन थप १ सांसदको साथ आवश्यक परेको छ।
विपक्षी दलहरूमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन्।














Discussion about this post