इटहरी : इटहरीस्थित विश्व आदर्श कलेजमा विद्यार्थीहरूको लहर लागेको छ । यसैबीच कलेजले होटल मेनेजमेन्ट समेत सञ्चालनमा ल्याएको छ ।
कमर्श र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सिपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो कलेजले १० वर्षयता साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।
राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको संख्यालाई विश्लेषण गर्दा केही वर्षदेखि कोसी प्रदेशमा मुख्य ५ र सुनसरीमा पहिलो, दोस्रो स्थानमा आउने गरेको छ ।
संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिएको कलेजले कक्षा ११ र १२ मा सञ्चालन गरेको साइन्स र कमर्श विषयमा विद्यार्थीहरूको संख्या बढ्दो छ ।
दक्ष तथा पूर्णकालीन शिक्षक, अनुशासित वातावरणका साथै कलेजले शैक्षिक तथा सृजनात्मक गतिविधिलाई गर्ने प्रोत्साहनका कारण विश्व आदर्श विद्यार्थीको रोजाइमा पर्ने गरेको प्रिन्सिपल गणेश दुलालको भनाई छ ।
यसैगरी आधुनिक प्रविधिबाट विद्यार्थीहरूलाई प्रभावकारी ढंगले सिकाइरहेको प्रिन्सिपल दुलालको दाबी छ ।












Discussion about this post