झापा : झापा कारागारमा झडप भएको छ । कैदी सरुवाको विषयमा कारागारभित्र शुक्रबार दिउँसो झडप भएको हो ।
कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरेपछि कैदीबन्दीबीच विवाद भएको थियो ।
लावतीलाई सरुवा गर्न नहुने भन्दै कैदीबन्दीले कारागारभित्र दिउँसो २ बजेदेखि नाराबाजी गर्दै ढुंगामुढा र आगजनी गरेका थिए । त्यस क्रममा केही कैदीबन्दी पर्खाल नाघेर भाग्ने प्रयास गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले १० राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।














Discussion about this post