झापा : झापा कारागार आन्तरिक प्रशासनको कारबाहीमा परेका दुई जना कैदीबन्दीलाई सरुवा गरिएको छ ।
कारागारका नाइके लयप्रसाद शिवाकोटी र वार्ड प्रमुख कुमार भनिने पासाङ शेर्पालाई आइतबार सरुवा गरिएको हो ।
शिवाकोटीलाई सुनसरीको झुम्का कारागारमा तथा शेर्पालाई केन्द्रीय कारागार काठमाडौंमा सरुवा गरिएको झापा कारागारका प्रमुख मोहनलाल पनेरुले जानकारी दिए ।
कारागारभित्र रहेको कैदीबन्दीहरूको आन्तरिक प्रशासनबाट कारबाहीमा परेपछि शिवाकोटी र शेर्पामाथि सुरक्षा खतरा बढेको थियो ।
झापा कारागारका कैदीबन्दीहरूको समेत माग शिवाकोटी र शेर्पालाई सरुवा गर्नुपर्ने रहेकाले उनीहरूलाई तत्काल सरुवा गरेको पनेरुले बताए ।












Discussion about this post