संखुवासभा : संखुवासभा कारागारमा शंकास्पद मृत्यु भएका दुईजना कैदीका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
जाहेरीमा सुरक्षाकर्मीको निर्घात कुटपिटबाट मृत्यु भएको जिकिर गरिएको छ।
जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायत अन्य सुरक्षाकर्मीविरुद्ध पीडितका आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दर्ता गराएका हुन्।
दुवै मृतकका परिवार सदस्यलाई एड्भोकेसी फोरम–नेपालका अधिवक्ता कुमारप्रसाद थपलियाले जाहेरी दर्खास्त तयार पार्न कानुनी सहयोग गरेका छन्।
कारागारमा रहेका दुईजना कैदी संखुवासभाको मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान शंकास्पद मृत्यु भएको थियो।













Discussion about this post