विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा बिहीबार (आज) सुनुवाइ हुने भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट बिहीबारको पेसीमा चढेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री थापाले संविधानविपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाईसमेत मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत रिट दायर गरेको हो ।














Discussion about this post