इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।
सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आज (सोमबार) को सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि (मंगलबार) हुनेछ ।
आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट सभाका अध्यक्ष इस्राइल मन्सुरीकोसमेत प्रयोग गर्दै लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।














Discussion about this post